डोल्पामा जेठ १० देखि यार्सागुम्बा संकलन गर्न पाइने

डोल्पामा जेठ १० देखि यार्सागुम्बा संकलन गर्न पाइने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- जिल्लाको सदरमुकाम दुनैमा मंगलबार बसेको सर्वपक्षीय सर्वदलीय बैठकले आगामी १० जेठदेखि जिल्लाका सबै यार्सापाटनहरू खुला गर्ने निर्णय गरेको शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जका निमित्त कार्यालय प्रमुख विज्ञान सेनले जानकारी दिए ।

गत वर्षभन्दा यो पटक अलि ढिलो पाटनहरू खुल्ला गर्ने निर्णय भएको र यार्सागुम्बा संकलनका लागि शेफोक्सुन्डो राष्ट्रिय निकुञ्ज क्षेत्र र डिभिजन वनको क्षेत्रमा पर्ने सम्पूर्ण पाटन आम सर्वसाधारणका लागि खुल्ला गरिने प्रमुख सेनले बताए ।

यार्सा टिप्न पाटन जानेहरूका लागि तीन प्रकारका प्रवेश अनुमति पत्रको व्यवस्था गरिएको छ । जसअनुसार निकुञ्ज भित्रका मध्यवर्ती क्षेत्रभित्रका बासिन्दालाई पाँच सय ‘क वर्ग’ , डोल्पा जिल्लाभित्रका नागरिकलाई दुई हजार ‘ख’ वर्ग र जिल्ला बाहिरकालाई तीन हजार ‘ग’ वर्ग शुल्क निकुञ्जले निर्धारण गरेको छ ।

मध्यवर्ती क्षेत्र र जिल्ला भित्रका बासिन्दालाई प्रवेश शुल्कको लागि अनिवार्य परिचयपत्र देखाउनु पर्नेछ । ‘ग’ वर्गकालाई भने प्रवेश शुल्क लाग्ने छ । यार्सा संकलनका लागि ५,६,७ जेठमा सम्बन्धित पाटनका क्षेत्रमा शुल्क तिर्नु पर्नेछ ।

यार्सापाटनमा १६ वर्षभन्दा तलका बालबालिकालाई प्रवेशमा विशेष गरिने समेत निकुञ्जले जानकारी दिएको छ । मंगलबार बसेको बैठकले पाटनमा सामुदायिक वन उपभोक्ता समितिबाट माग भएमा सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान र नेपाल प्रहरी परिचालन गर्ने समेत निर्णय गरिएको प्रमुख सेनले बताए।

पाटन क्षेत्रको गस्तीका लागि निकुञ्ज कर्मचारी र सेना परिचालन भइसकेकाले तोकिएको मितिअगावै पाटन क्षेत्र पुग्नेलाई कारबाही गरिने छ । प्रत्येक वर्ष डोल्पाका उच्च हिमाली क्षेत्रमा रहेका पाटनमा हजारौं सर्वसाधारण यार्सा संकलनका लागि पुग्ने गर्छन् ।