सार्वजनिक यातायातको भाडा २ प्रतिशत घट्यो

सार्वजनिक यातायातको भाडा २ प्रतिशत घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – यातायात व्यवस्था विभागले गत असार १७ गते मध्यरातिदेखि पेट्रोलियम पदार्थको मूल्य घटेसँगै अन्तरप्रदेश चल्ने सार्वजनिक तथा मालबाहक सवारीसाधनको भाडादर बिहीबारदेखि नै लागू हुने गरी २ प्रतिशतले घटाएको छ ।

विभागले बिहीबार सार्वजनिक सूचना जारी गर्दै सार्वजनिक यातायात तथा मालबाहक सवारीसाधनको भाडा २ प्रतिशतले घटाइएको हो ।

विभागले पछिल्लोपटक भाडादर समायोजन गर्दा भएको डिजेलको औसत मूल्य प्रतिलिटर २३५ रुपैयाँ ८३ पैसा रहेको थियो भने गत असार १७ गतेदेखि भने १९३ रुपैयाँ ८३ कायम भएकाले स्वचालित प्रणालीअनुसार नयाँ भाडा समायोजन गरिएको जनाएको छ ।

यसअघि विक्रम संवत् २०८३ वैशाख १२ गतेको मन्त्रिस्तरको निर्णयअनुसार सार्वजनिक तथा मालबाहक सवारीसाधनको भाडा ५ प्रतिशतले वृद्धि गरेको थियो ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज)ले विभागले सार्वजनिक यातायात र मालबाहक सवारीसाधनको भाडा २ प्रतिशतले घटाएको बताए ।