काठमाण्डुमा प्रहरीको ‘सुरक्षित यात्रा’ अपरेसन, १२१ जना व्यक्तिहरू पक्राउ

काठमाण्डुमा प्रहरीको ‘सुरक्षित यात्रा’ अपरेसन, १२१ जना व्यक्तिहरू पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रहरीले काठमाण्डुमा ‘सुरक्षित यात्रा’ अपरेसन सञ्चालन गरेर १२१ जना व्यक्तिहरूलाई पक्राउ गरेको छ ।

काठमाण्डु उपत्यकाको विभिन्न स्थानबाट आपराधिक गतिविधिमा संलग्न रहेको अभियोगमा काठमाण्डु, ललितपुर र भक्तपुरका विभिन्न स्थानबाट १ महिलासहित १२१ जना व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ । 

काठमाण्डु उपत्यकाभित्र सञ्चालन हुने सार्वजनिक यातायातहरूमा यात्रा गर्ने यात्रुहरूको नगद, मोबाइल फोन, गरगहना, व्यक्तिगत सामान चोरी गर्ने, पाकेटमारी, लुटपाट तथा महिलाहरू माथि दुर्व्यवहार तथा दु:ख हैरानी दिने जस्ता आपराधिक कार्य हुने गरेको भन्ने जनगुनासोको आधारमा काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु एवम् मातहत कार्यालयबाट खटिएको प्रहरीले शुक्रबार बिहान ५ बजेदेखि ‘सुरक्षित यात्रा’ नामक विशेष अपरेसन सञ्चालन गरी संलग्न आरोपीहरूलाई पक्राउ गरेको हो ।

जसमध्ये काठमाण्डुको बालाजु, नयाँबसपार्क, चाबहिल, गौशाला, कोटेश्वर, कलंकी, कालिमाटी, स्वयम्भू, बल्खु, मालिगाउँ, थानकोट, रत्नपार्क र सुन्धाराबाट १ महिलासहित १०१ जनालाई पक्राउ गरिएको हो । यसैगरी ललितपुरको सानेपा, सातदोबाटो, इमाडोल, लगनखेल र पुल्चोकबाट ११ जना पुरूष तथा भक्तपुरको ठिमी, लोकन्थली, बालकोट, कौशलटार र सल्लाघारीबाट ९ जना पुरूषहरूलाई पक्राउ गरिएको छ ।