यातायात व्यवसायीहरू आन्दोलनमा, गरे चक्का जाम

यातायात व्यवसायीहरू आन्दोलनमा, गरे चक्का जाम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विभिन्न ७ बुँदे मागहरू राख्दै यातायात व्यवसायीहरूले आजदेखि चरणबद्ध आन्दोलन सुरु गरेका छन् ।

व्यवसायीहरुले आन्दोलनको पहिलो चरणमा शनिबार रिङरोड सडक खण्डमा सार्वजनिक सवारीसाधन सडकमै तेर्साएर विरोध जनाएका छन् । उनीहरुले कलोझण्डा देखाएर ६ वटैप्रदेशमा विरोध गरेका हुन् ।

‘सार्वजनिक यातायात बचाउ अभियान’ अन्तर्गत व्यवसायीहरूले सवारी साधन सडकमा तेर्साएर एक घण्टा चक्काजाम गरेका हुन् । उनीहरूले जेठ १९ गतेसम्म माग पूरा भएन भने देशभर यातायात बन्द गर्ने चेतावनी दिएका छन् ।

आन्दोलनको अगुवाइ नेपाल यातायात व्यवसायी महासंघ, सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपाल ट्रक यातायात व्यवसायी महासंघ, ढुवानी व्यवसायी महासंघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, र नेपाल यातायात मजदुर संघले संयुक्त रूपमा गरेका हुन् ।

यातायात व्यवसायीहरूलेसवारी ऐन २०४९ को परिच्छेद २ को दफा ८ को २ र दफा १२ को १ विपरीत सङ्घीय ऐनसँग बाझिने गरी सातै प्रदेश सरकारहरूले ऐन ल्याउने तयारी गरेको र गण्डकी प्रदेश सरकारले निजी सवारी साधन (रातो प्लेट)लाई भाडाको सवारी (कालो प्लेट) सरह सञ्चालन गर्न लागेकोले आन्दोलनमा उत्रिएको बताएका छन् ।

उनीहरूले सार्वजनिक यातायात क्षेत्रमा योगदानमा आधारित सामाजिक सुरक्षा कोष सरकारले अनिवार्य लागु नगरिएकोले पनि आन्दोलन गर्न परेको उल्लेख गरेका छन् ।