स्थिति जटिल बन्दै गयो, लामो दुरीका गाडी भदौ मसान्तपछि मात्र चल्छः यातायातमन्त्री नेम्वाङ


काठमाण्डु – भौतिक पुर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङले तत्काल छोटो दुरीका सवारी साधन मात्र चल्ने बताएका छन् ।

मुलुकमा कोरोना भाइरस संक्रमणका कारण स्थिती जटिल बन्दै गइरहेको भन्दै मन्त्री नेम्वाङले तत्काल अहिले चलिरहेका छोटो दूरीका सवारी साधनहरु मात्र सञ्चालन भइरहने बताएका हुन् ।

मन्त्री नेम्वाङले १ गतेदेखि सञ्चालन गर्ने भनिएको लामो दुरीका सवारी भने भदौ मसान्तपछि मात्रै सञ्चालन हुने बताए । ‘स्थिति जटिल बन्दै गएको छ, हामी सबै सचेत हुन जरुरी छ । काठमाण्डुमा जोर विजोर प्रणाली पनि कायमै रहन्छ,’ उनले भने ।

यसअघि सरकारले भदौ १ गतेदेखि लामो दूरीको सवारी साधन र हवाई सेवा सञ्चालन गर्ने तयारी गरेपनि सोमबार बसेको मन्त्रिपरिषद बैठकले हवाई सेवा र लामो दूरीको यातायात भदौ मसान्तसम्म सञ्चालन नहुने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement