दुबै इन्जिनका प्रोपेलरहरु फेदरमा जाँदा यति एयरको जहाज दुर्घटना भएको खुलासा


काठमाण्डु- पोखरामा माघ १ गते भएको यती एयरलाइन्सको जहाज दुर्घटनाको प्रारम्भिक रिपोर्ट आएको छ । गत माघ १ गते काठमाण्डु-पोखरा उडानका क्रममा दुर्घटनामा परेको यति एयरलाइन्सको दुर्घटनाको प्रारम्भिक रिपोर्ट आएको हो ।

९एन–एनएनसी एटीआर जहाज दुर्घटना लगत्तै सरकारले छानबिन आयोग गठन गरेको थियो । उक्त छानबिन आयोगले जहाज अवतरण गर्ने क्रममा जहाजको बेस लेगमा दुबै इन्जिनका प्रोपेलरहरु फेदरमा गएर दुर्घटना हुन पुगेको निष्कर्ष निकालेको हो ।

अवतरणका क्रममा इन्जिनका प्रोपेलरहरु फेदरमा जाँदा अत्यधिक घर्षण उत्पन्न हुने र जहाज ढुंगा जसरी तल झर्ने आयोगको दाबी छ । उक्त जहाजका दुवै इन्जिनका प्रोपेलर फेदरमा किन गयो भन्नेबारे भने आयोगले प्राविधिक र मानवीय दुवै पक्षबारे थप अनुसन्धान अगाडि बढाएको जनाइएको छ ।

गत माघ १ ६८ जना यात्रु र चालक दलका चारजना सदस्यसहित काठमाण्डुबाट पोखरा उडेको विमान पोखरा विमानस्थलमा अवतरण हुने बेलामा पोखरा उपत्यकाको सेती नदी खोँचमा खसेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस
Advertisement