यति एयरलाइन्सको जहाज अवतरणको क्रममा पांग्रा ‘लक’ भएपछि…


काठमाडाैँ– काठमाडाैँबाट पोखराका लागि उडेको यति एयरलाइन्सको जहाज अवतरणको क्रममा अगाडिको पांग्रा ‘लक’ भएपछि पोखरा विमानस्थल बन्द गरिएको छ । विमानस्थल कार्यालय पोखराका अनुसार अवतरण भएर पार्किङ वेतिर जाने क्रमममा पांग्रा नचलेपछि जहाज अगाडि बढ्न सकेन ।

दिउसो सवा १ बजेतिर जहाज रोकिएपछि विमानस्थल पूर्ण रूपमा बन्द भएको कार्यालयलेले जानकारी दिएको छ । २८ जना यात्रु लिएर पोखरा उडेको यतिको ‘९–एनएएचयू’ दर्ता नम्बर भएको विमानको प्राविधिक जाँच भइरहेको विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

काठमाण्डुका गएको प्राविधिक टोलीले मर्मतको प्रयास गरिरहेको भए पनि सफल भएको छैन । विमानमा सवार सबै सुरक्षित छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement