जनयुद्ध दिवसमा वाईसिएल कञ्चनपुरद्वारा रक्तदान


कञ्चनपुर- फागुन १ आमूल व्यवस्था परिर्वतनका लागि भन्दै तत्तकालिन नेकपा माओवादी पार्टीले युद्ध शुरु गरेको फागुन १ गतेलाई जनयुद्ध दिवसका रुपमा मनाउने गरेका छन् । अहिले नेकपा माओवादी केन्द्र र एमाले एकिकरण भएको सन्र्दभमा पनि नेकपाले देशैभरी जनयुद्ध दिवस मनाउन लागेको छ ।

पुर्व माओवादी केन्द्र निकट योङ्ग कम्युनिष्ट लिग(वाईसिएल)कञ्चनपुरले २४औं जनयुद्ध दिवसका अवसरमा रक्तदान गरिएको छ । वाईसिएल नेपाल कञ्चनपुरको आयोजनामा नेपाल रेडक्रस सोसाईटी शाखा रक्त संञ्चार महेन्द्रनगरमा रक्तदान गरिएको छ ।

वाईसियल कञ्चनपुरका सचिव तिलक जप्रेलले जनयुद्ध दिवसका अवसरमा रक्तदान गरिएको बताए । उनका अनुसार वाईसियल र युवा संघ कञ्चनपुरका अध्यक्षद्वय शुचित्र शाह र गणेश चन्दले रगत दिएर रक्तदानको उद्घाटन गरेका थिए ।

 

वाईसियलका केन्द्रीय सदस्य अर्जुन साउद, एकिकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष कृष्णदत्त जोशी(बोक्सर), युवा संघ केन्द्रीय सदस्य मिलन सिह, अखिल क्रान्तिकारी कञ्चनपुरका कोषाध्यक्ष सुरेश भट्ट,वाईसियल भीमदत्त नगरका संयोजक किसन महर लगायतका १५ युवाहरुले रक्तदान गरेका थिए ।

वाईसिएल कञ्चनपुरका इन्चार्ज योगेश साउदले युवाहरुले देशलाई जस्तोसुकै परिस्थितिमा पनि रगत र संघर्ष दिनसक्ने भन्ने सन्देका साथै एकताको सन्देश दिनका लागि रक्तदान गरिएको छ ।

वाईसियल नेपालका केन्दीय सदस्य अर्जुन साउदले युवाहरुले उतिबेला देश र जनताका लागि दिएको र अहिले रगत दान गरेको बताए । उनका अनुसार देश र जनताका लागि युवा शक्ति नै आवश्यक रहेको औल्याए । नेकपाले केही बेरमा पार्टी कार्यालयमा जनयुद्ध दिवस मनाउने भएको छ, भने नेकपा विप्लवले अनाथ र बृद्धबृद्धालाई शैक्षिक समाग्रीका साथै फलफुल खाद्यान्न वितरण गर्ने जनाएको छ ।

नेकपा क्रान्तिकारी माओवादी बैद्यले सुप प्रदेश स्तरिय मार्चपास गरिरहेको छ । कञ्चनपुरमा पनि भव्यरुपमा जनयुद्ध दिवस मनाईदैछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement