अर्थ

कपाल सिधा बनाउने अाइरनमा लुकाएर ल्याइएको एक सय ४५ तोला सुनसहित ६ जना पक्राउ

काठमाडौँ- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले १४५ तोला सुनसहित ६ जनालाई पक्राउ गरेको छ ।

Dish HomeUnited Cement

दुबईबाट ब्यूटी पार्लरमा कपाल सिधा पार्न प्रयोग गर्ने हेयर इलेक्ट्रिक आइरनमा लुकाई छिपाई ल्याएको अवस्थामा ब्यूरोको टोलीले सोमबार बेलुका सिनामंगलबाट उनीहरुलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा बाग्लुङका शशीकला भण्डारी गुरुङ, भक्तपुरका सरोज केसी, झापाका होमबहादुर बुढाथोकी, काभ्रेपलाञ्चोकका जीवन शाक्य, भक्तपुरका बिजु बज्राचार्य र भारतका योगेश मगर रहेका छन् ।

शशीकला भण्डारीको श्रीमान्ले दुबईबाट सुन पठाइदिने र नेपालमा भण्डारी तथा सरोज केसीले कोटेश्वरमा रहेको बज्राचार्य गहना पसल र शाक्य गहना पसलमा बिक्री–वितरण गर्ने गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।

बुढाथोकीले चलाएको बा१६च ३५१० नंको कालो कारबाट टोलीले सोमवार उक्त परिमाणको सुन बरामद गरेको हो ।

रासस

Comments

comments

ad

धेरै पढिएको समाचार

NIC Asia Bank
NMB Bank
Shivam Cement
Yeti Airlines
Kumari Bank
Shikhar Insurance
Salt Trading
Nepal Life Insurance

Now get KathmanduPati App on your mobiles.

Android App iOS App
Scroll to Top