जन्मदिनमा मुस्कान खातुनलाई पर्यटनमन्त्रीको ५० हजार सहयोग


काठमाण्डु – पर्यटनमन्त्री योगेश कुमार भट्टराईले मुस्कान खातुनलाई सहयोग गरेका छन् । आइतबार परेको आफ्नो जन्मदिनमा मन्त्री भट्टराईले एसिड पीडित बालिका खातुनलाई ५० हजार नगद सहयोग गरेका हुन् ।

मन्त्री भट्टराईले मुस्कानलाई सम्मान गर्ने मौका पाएको बताएका छन् । उनले मुस्कानको उच्च शिक्षाका लागि आफ्नो तर्फबाट केही सहयोग गर्ने बचन दिएको र आज पूरा गरेको बताएका छन् ।

‘बहिनीको शिक्षाका लागि मैले प्राप्त गर्ने एक महिनाको पारिश्रमिकमा कर र लेबी कटाएर सहयोग गरेको छु’, उनले भने, ‘केही दिन अघि मात्र प्रधानमन्त्रीज्यूले मुस्कानलाई बालुवाटरमा बोलाएर उहाँको शिक्षाको ब्यवस्था मिलाउने बचन दिनु भएको छ । मुस्कानलाई डाक्टर बन्ने इच्छा छ बहिनी मुस्कान तपाईको डाक्टर बन्ने आकांक्षा पुरा हुनेछ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement