डेडिकेटेड र ट्रंकलाइन विवादमा प्रचण्डसँग स्पष्टीकरण सोध्नुपर्छ : योगेश भट्टराई

डेडिकेटेड र ट्रंकलाइन विवादमा प्रचण्डसँग स्पष्टीकरण सोध्नुपर्छ : योगेश भट्टराई


काठमाण्डु– नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले डेडिकेटेड र ट्रंकलाइनको बक्यौताबारे तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग स्पष्टीकरण सोध्न माग गरेका छन् ।

आइतबार दिउँसो सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले २०८१ साल वैशाख २७ गते तत्कालिन मन्त्रिपरिषद्ले गरेको निर्णयबारे स्पष्टीकरण सोध्नुपर्ने बताएका हन्।

‘सार्वजनिक लेखा समितिको अधिकार क्षेत्रमाथि हस्तक्षेप गरर मन्त्रिपरिषद्को निर्णय पनि एउटै चलानी नम्बरमा दुईवटा अलग अलग अर्थ लाग्ने निर्देशन तत्कालिन मन्त्रिपरिषद्ले दिएको छ, यस विषयमा तत्कालिन मन्त्रिपरिषद्का प्रमुख प्रधानमन्त्री र ऊर्जामन्त्रीलाई स्पष्टीकरण सोध्ने,’ योगेशले भनेका छन्।

उनले यस विषयमा आरोप–प्रत्यारोप आवश्यक नभएको समेत बताए । आइतबार लेखा समितिमा आयोजित छलफलमा बोल्दै उनले संविधान बनेपछिको ९ वर्षयता लगातार एउटै पार्टीको नेताले ऊर्जा सम्हालेको उनले बताए ।

राजनीतिक औला ठड्याउने हो भने त्यता तिर औंला ठड्याउनु पर्ने उनको भनाइ छ । यसमा व्यापारी र प्राधिकरणलाई कसैलाई पनि उम्काउन उनको भनाइ छ ।