काठमाण्डु – नेकपा एमालेले अध्यादेशबाट जन्मिएको पार्टीले अध्यादेशको विरोध गरेको बताएको छ ।
प्रतिनिधि सभाको आजबाट सुरु भएको हिउँदे अधिवेशनमा एमालेको तर्फबाट धारणा राख्दै एमाले सचिव तथा सांसद योगेशकुमार भट्टराईले अध्यादेशबाटै जन्मिएको पार्टीले अध्यादेश नै ठिक नभएको प्रतिक्रिया दिएकोमा आफूलाई अचम्म लागिरहेको बताए ।
भट्टराईले नेकपा एकीकृत समाजवादीतर्फ इंगित गर्दै अध्यादेशबाट जन्मिएको पार्टीले नै त्यसको विरोध गरिरहेकोमा अचम्म मानेको बताएका हुन् ।
‘आज मलाई अचम्म त यो कुरामा लागिरहेको छ कि जुन अध्यादेशबाट जन्मिएको पार्टी हो त्यो पार्टी अध्यादेश ठिक छैन भनिरहेको छ,’ भट्टराईले भने ।
०७८ सालमा अध्यादेशमार्फत् नै पार्टी विभाजन गरेर माधवकुमार नेपालले एमाले विभाजन गरेका थिए । उनले ०७८ सालमा १६ वटा अध्यादेश आएको बताए । त्यसबेला प्रधानमन्त्रीकेपी शर्मा ओली नभएको भट्टराईले बताए ।
प्रतिक्रिया