निजगढ विमानस्थलको विकल्प छैन, ५ वर्षभित्र व्यवसायिक उडान हुन्छ : पर्यटनमन्त्री भट्टराई


काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले निजगढ विमानस्थल कुनै पनि हालतमा बन्ने बताएका छन् ।

नागरिक उड्डयन प्राधिकरणले आयोजना गरेको कार्यक्रममा बाल्दै मन्त्री भट्टराईले काठमडौंको चापलाई कम गर्न निजगढ विमानस्थलको विकल्प नभएको बताउँदै उनले विमानस्थल बन्ने र पाँच वर्षमा व्यावसायिक उडान गरिछाड्ने बताए ।

‘काठमाडौंमा जहाज होल्ड हुने समस्या समाधान गर्न निजगढ विमानस्थलको विकल्प छैन’, उनले भने, ‘सबै समस्या समाधान हुने निजगढ हाम्रो अर्जुनदृष्टि हो ।’

मन्त्री भट्टराईले निजगढ विमानस्थल नेपालको गेमचेन्जर आयोजना भएको बताउँदै भने, ‘मैले १० लाख मानिस उतारेर शिलान्यास गर्छौँ भनेको थिएँ । किनकि त्यो नेपालको गेम चेन्जर आयोजना हो । यसमा सिंगो नेपाल एक ठाउँमा आउनुपर्छ ।’

आगामी ५ वर्ष भित्र निजगढ विमानस्थल निर्माण भइ सञ्चालनमा ल्याउनै पर्ने उल्लेख गर्दै उनले निजगढको काममा प्रगति भएको समेत दाबी गरे ।

‘अहिले हामी २० लाख पनि ल्याउन सकिन्छ कि सकिदैन भन्ने बहसमा छौं,’ उनले भने ‘अबको ५ वर्ष भित्र १ करोड पर्यटक आउने वातावरण बन्छ । नेपालको हवाई क्षमता निकै उच्च स्तरको भइसक्ने भन्दै उनले त्यसपछि वाषिर्क १ करोड पर्यटक आउने वातावरण तयार हुने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement