पोखरा विमानस्थलको काम २०२१ जुनमा सक्ने पर्यटनमन्त्री भट्टराईको प्रतिवद्धता


काठमाडौं – नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पोखरा विमानस्थलको काम २०२१ जुनमा सक्ने प्रतिवद्धता जनाएका छन् ।

मन्त्री भट्टराइले मङ्गलबार आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गर्दै पोखरा विमानस्थल निर्माणकाे  काम २०२१ जुनमा सक्ने बताउँदै ४५ प्रतिशत सम्पन्न भएको जानकारी दिए ।

त्यस्तै मन्त्री भट्टराइले ३ वटा डोमेस्टिक एयरपोर्ट रात्रिकालीन रुपमा सञ्चालन गर्ने प्रयास थाल्ने समेत बताएका छन् ।

उनले बहुचर्चित बाराको निजगढ विमानस्थलको विकल्प खोज्ने पक्षमा आफू नरहेको पनि बताए । उनले भने, ‘म विध्वंस गर्न आएको हैन, विश्वकै सानदार विमानस्थल बनाउन आएको हुँ ।’

उनले निजगढ विमानस्थल निर्माण प्रकृया चलिरहेका बेला वातावरणविद्हरुले चासो देखाएकोप्रति आफू जानकार रहेको पनि बताए ।

‘म वातावरण संरक्षणप्रति सचेत छु,’ मन्त्री भट्टराईले विमानस्थल निर्माणका क्रममा समस्याका रुपमा देखिएको सुकुम्बासी बस्ती व्यवस्थापनका लागि आफूले स्थानीय सरकारसँग समेत कुराकनी गरेर निश्कर्षमा पुग्ने बताए ।

उनले वन मन्त्रालयसँय समन्वय गरेर विमानस्थल निर्माणको काम अघि बढाउने बताए ।उनले गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थलको काम ७३ प्रतिशत सकिएको र नेपाल वायुसेवा निगमको अवस्थाबारे अध्ययन गर्न एक कमिटी बनाएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement