काठमाण्डु– एसियन फोरम अफ पार्लियामेन्टेरियन्स अन पपुलेसन एन्ड डेभलपमेन्ट (एएफपीपीडी)को युवा समिति अध्यक्षमा सांसद योगेश गौचन थकाली चयन भएका छन्।
अप्रिल २७ र २८ गते मलेसियाको क्वालालम्पुरमा सम्पन्न एएफपीपीडीको महासभाले थकालीलाई अध्यक्षमा चयन गरेको हो ।
एएफपीपीडी एसिया–प्रशान्त र मध्य एसियाका ३० वटा राष्ट्रिय समितिका सांसद मिलेर बनेको क्षेत्रीय सञ्जाल हो जसले महिला, बालबालिका, युवा र वृद्धजस्ता समूहको हितमा नीतिगत संवाद र सहकार्य प्रवर्द्धन सम्बन्धी काम गर्दै आएको छ।
सांसद थकालीले जलवायु संकटसम्बन्धी विषयलाई पनि निरन्तर प्राथमिकतामा राख्दै आएका छन् उनी नेपाली कांग्रेसका सांसद हुन्।
प्रतिक्रिया