वायुुसेवा निगममा सुधार ल्याउन कस्सिए पर्यटनमन्त्री,पूर्वसचिवको नेतृत्वमा सुझाव दिन कार्यदल गठन


काठमाडौं – संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले नेपाल वायुसेवा निगममा सुधार ल्याउनको लागी प्रक्रिया अघि बढाएका छन् । मन्त्री भट्टराईले मन्त्रीस्तरीय निर्णय गर्दै सुधारको लागी सुझाव दिन एक कार्यदल गठन गरेका छन् ।

कार्यदलको संयोजकमा पूर्वसचिव सुशिल घिमिरेलाई नियुक्त गरिएको छ । त्यसैगरी सदस्यहरुमा लेखा विज्ञका रुपमा प्रमोद कर्ण, व्यवस्थापन विज्ञ डिम प्रकाश पौडेल र क्याप्टेन सुधीर शम्शेर राईलाई जिम्मेवारी दिइएको छ ।

मन्त्री भट्टराईले एक महिनाभित्र ठोस सुझाव पेश गर्न कार्यदललाई जिम्मेवारी दिएका छन् । नेपाल वायु सेवा निगमको अवस्था कमजोर भएको बेला उनले निगमलाई सवैले प्रशंसा गर्न लायक संस्था बनाउने घोषणा गरेका थिए । मन्त्री भट्टराईले आफ्नो सम्पुर्ण ध्यान निगमको सुधारमा लगाउने तयारी गरेको उनि निकट स्रोतको दावी छ ।

पूर्व सचिव नेतृत्वको कार्यदललाई सुझावसहित कार्ययोजना पेश गर्ने जिम्मेवारी समेत दिइएको छ । कार्यदलले निगमको वित्तिय अवस्था र अहिलेसम्म भएका अध्ययन प्रतिवेदनको विश्लेषण गर्ने र सुधारको लागी चाल्नुपर्ने ठोस कदमको विषयमा समेत सुझाव दिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement