काठमाण्डु– नेकपाका प्रमुख सचेतक युवराज दुलालले नोटबन्दी गर्नको लागि सरकार सँग माग गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा रास्वपाका सांसद यज्ञमणि न्यौपानेले राखेको नोटबन्दीको मागलाई समर्थन गर्दै दुलालले अविलम्ब पुराना नोट बन्द गर्न माग गरेका हुन् ।
उनले भने पूर्ववक्ताले राखेको प्रस्तावमाम पूर्ण समर्थन गर्दै रास्वपाको सरकारलाई अविलम्ब पुराना नोट हजार र ५०० का नोटहरूलाई नोटबन्दी गर्नको लागि जोडदार रूपमा सरकारसँग माग गर्दछु। नेपाली कम्युनिस्ट पार्टी दलको तर्फबाट सबै सांसदहरूको हस्ताक्षर दिनुपरे पनि आजै दिने घोषणा गर्छु । यो हजार र ५०० को भ्रष्टाचार गरेर राखेको नोटबन्दी गर्न तपाईँलाई केले छेक्योरु तुरुन्त गर्न माग गर्छु, यसको लागि सभामुखबाट पनि रुलिङ होस्।’
त्यसअघि रास्वपा सांसद न्यौपानेले ३५ वर्षदेखि देशमा भ्रष्टाचार र अनियमितताबाट आर्जन गरिएको कालो धन नियन्त्रण गर्न नोटबन्दी आवश्यक रहेको बताएका थिए ।
३५ बर्ष देखि देश लुटेकाहरुले राखेको कालो धनका कारण आज शक्ति प्राप्त भयो भन्दै यो देशका विरुद्धमा, प्राप्त जनमतको विरुद्धमा संघर्ष गर्ने भनेर यदाकदा सुनिदैछ । हामिलाई थाहा छ यो पैसा कालो धन हो यो लुटेको धन हो । यो पैसाको व्यवस्थापन उनीहरुले विभिन्न ठाउँमा गरेको सुनिएको छ । त्यसैले नोटबन्दी गर्नुपर्यो सरकारले । तत्काल यी नोटहरु सरकारले लिएर बैंकीङ प्रणालीमा ल्याउनुपर्यो र नयाँ नोट जारी गर्नुपर्यो रुप परिवर्तन गरेर ।




प्रतिक्रिया