युवा संघ र वाईसीएलको संयुक्त कार्यक्रममा राजीव पहारी र दीप शिखाले के भने?


काठमाडौं– एमाले र माओवादी पार्टी एकताको प्रक्रियामा रहेका बेला ती दुबै दलका युवा संगठन क्रमशः युवा संघ नेपाल वाइसीएल धादिङले संयुक्तरुपमा नवनिर्वाचित सांसदहरुलाई बधाई तथा शुभकामना दिएका छन्।

बिहीबार आयोजित कार्यक्रममा एमाले पोलिटव्युरो सदस्य एवं पूर्वपरराष्ट्रमन्त्री महेन्द्र पाण्डेले सांसदहरू राजिव पहारी, चन्द्र लामा, मन्जु यादव, दुर्गा विक, खेम लोहनी, सुनिता चौधरी, भूमि त्रिपाठी, जगत सिमखडा, डा रामकुमार अधिकारी र बलराम वास्कोटालार्इ बधार्इ एवं सम्मान प्रकट गरे।

नेता पाण्डेले अब युवा संघ र आइसीएलले आफ्ना संगठन बिभागका प्रमुखहरुको नेतृत्वमा संगठनको ढाचा, भावी कार्यदिशा, कार्यक्रम लगाएतका विषयमा छलफल चलाउन शुरु गर्न निर्देशन दिए। सरकारसँग जनताको अपेक्षा बढी रहेको उल्खे गर्दै पूर्वमन्त्री पाण्डेले सरकारलार्इ सकारात्मक सुझाव दिन आग्रह गरे।

कैलालीमा राधा चौधरीलार्इ बोक्सी भन्दै कुटपिट भएको घटनाप्रति नेता पाण्डेले खेद व्यक्त गर्दै दोषीलार्इ कारबाहीको गर्न सरकारलाई आग्रह समेत गरेको युवा संघका नेता सन्तोष सिलवालले काठमाडाैंपाटीलार्इ बताए।

प्रदेश सांसद एवं युवा संघका अध्यक्ष राजिव पहारीले जनताले दिएको अभिमतलाई खेर जान नदिने बताए। युवाहरुका पक्षमा लागिरहने र युवाको मुद्दा कार्यान्वयनको लागि संसद र सडक दुवैको नेतृत्व गर्ने उनले प्रतिवद्धता व्यक्त गरे।

आइसीएलका का अध्यक्ष दीप शिखाले अब एकता कसैले रोक्न नसक्ने बताए। दुवै पार्टी र संगठनबीच चाँडै नै एकता हुने भन्दै सरकारसँग जनताको अपेक्षा रहेको बताए। त्यसका लागि युवाहरु रचनात्मक सहयोग गर्न तयार रहेको उनले बताए।

कार्यक्रममा सांसदहरु चन्द्र लामा, मञ्जु यादव, सुनिता चौधरी, दिपा विक, वलराम वास्कोटा, खेम लोहनी, भूमि त्रिपाठी, जगत सिमखडा लगायतले मन्तव्य व्यक्त गरेका थिए।
युवासंघका सचिव माधव वास्तोला, क्रान्ति वुर्लाकोटी र सचिवालय सदस्य रमेश आचार्यले संगठनको तर्फवाट आफ्ना धारणा राखेका थिए। युवा संघ नेपाल धादिङका अध्यक्ष दिपक खतिवडाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन संघका धादिङ सचिव काजी श्रेष्ठ र स्वागत आइसीएल धादिङ अध्यक्ष रामबहादुर थापा पहाडले गरेका थिए।

प्रतिक्रिया दिनुहोस
Advertisement