काठमाण्डु – नेकपा एमालेनिकट युवा संघ नेपालको दशौं राष्ट्रिय महाधिवेशन शुक्रबारदेखि पोखरामा सुरु हुँदैछ।
प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले मध्यान्ह अमरसिंह चौरमा महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री ओलीसहित एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ पनि महाधिवेशनमा सहभगी हुनेछन् ।
तीन दिनसम्म चल्ने महाधिवेशनको बन्दसत्र पोखरा सभागृहमा हुनेछ। महाधिवेशनबाट अध्यक्ष, २ जना उपाध्यक्ष, महासचिव, उपमहासचिव र ४ जना सचिवसहित १ सय ५१ सदस्यीय कमिटी निर्वाचित हुनेछ।
महाधिवेशनबाट अध्यक्षसहित सिंगो कमिटी सर्वसम्मत चयन गर्ने तयारी छ। महाधिवेशनका लागि देशभरबाट करिब दुई हजार जना प्रतिनिधिले भाग लिँदैछन्।
प्रतिक्रिया