युवालाई विदेश पठाउने सुदूरपश्चिम सरकारको तयारी, तीन भाषा पढाउँदै

युवालाई विदेश पठाउने सुदूरपश्चिम सरकारको तयारी, तीन भाषा पढाउँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी – बेरोजगार युवालाई बिदेसिनबाट रोक्न केन्द्र सरकारले देशमै रोजगारी दिने योजना सञ्चालन गर्दैगर्दा सुदूरपश्चिम सरकार भने विदेश पठाउन विभिन्न देशका भाषा सिकाउँदै छ।

प्रदेशका नौवटै जिल्लाका तीन सय २० युवालाई वैदेशिक रोजगारीमा पठाउन जापानी, कोरियन र अंग्रेजी भाषा प्रशिक्षण कक्षा सञ्चालन गर्न लागिएको हो। सामाजिक विकास मन्त्रालयले तीन महिने भाषा कक्षा सञ्चालनका लागि धनगढीस्थित स्टार प्रालिसँग ३५ लाख २६ हजार ५०० रुपैयाँमा सम्झौता गरिसकेको छ ।

प्रदेश सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा भने युवा स्वरोजगारका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । ‘केही दिनमै भाषा कक्षा सुरु हुन्छन् । प्रदेश सरकारको रातो किताबमा समावेश कार्यक्रम कार्यान्वयन गर्न लागिएको हो,’ मन्त्रालयका सचिव गोगनबहादुर हमालले भने ।

बजेटमा समावेश गरिएका स्वरोजगार बन्न टेवा पुर्‍याउने कार्यक्रम भने आर्थिक वर्ष सकिनै लाग्दा पनि कार्यान्वयनमा जान सकेका छैनन्  यो समाचार नयाँ पत्रिका दैनिकमा छ ।