युवा संघका केन्द्रीय सदस्यले लिए शपथ


काठमाडौं सत्तारुढ दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा संघ, नेपालका पदाधिकारीसहित केन्द्रीय सदस्यले आज शपथ लिएका छन् । शनिबार काठमाडौं भएको युवा संघ केन्द्रीय कमिटीको पूर्ण बैठकमा शपथ ग्रहण र प्रमाणपत्र हस्तारण गरिएको हो ।

युवा संघका पदाधिकारी र सदस्यहरुलाई नेकपाका प्रस्तावित उपाध्यक्ष एवम् केन्द्रीय संगठन विभाग प्रमुख बामदेव गौतम र युवा संघका इन्चार्ज महेश बस्नेतले शपथ गराएका थिए ।

गत असोज २८ गते युवा संघको एकताले पूर्णता पाएको थियो । संघको ३ सय ३५ सदस्य कमिटी बनेको थियो ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएसँगै युवा संघ र वाईसीएलबीच एकता भएर राष्ट्रिय युवा संघ, नेपाल बनेको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement