युवा संघमा सहमति भएन, चुनाव हुने सम्भावना

युवा संघमा सहमति भएन, चुनाव हुने सम्भावना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा (एमाले) निकट युवा संघको अध्यक्षका लागि चुनाव हुने सम्भावना बढेको छ ।

अध्यक्षका प्रत्यासी क्षितिज थेबे र सुमन पुरीबीच सहमति जुट्न नसके पछि चुनावको सम्भावना बढेको हो । पोखरामा जारी महाधिवेशनमा अध्यक्षका लागि थेबे र पुरी एकाअर्कालाई नेतृत्व छोड्न तयार नभएपछि चुनाव हुने सम्भावना बढेको हो ।

अध्यक्षमा चुनाव हुने सम्भावना बढेपछि महाधिवेशनस्थलमा चुनावी तयारी सुरु भएको छ । चुनावका लागि विद्युतीय मेसीनबाट मतदान गर्ने तयारी थालिएको छ । त्यसका लागि ४५ वटा मेसिन ल्याइएको छ ।

थेवे र पुरीबीच सहमति नभएपनि शीर्ष नेताहरूले सर्वसम्मतिको प्रयास जारी राखेका छन् । पार्टी नेतृत्वको सन्देशका आधारमा अझै पनि थेबेको नाममा सर्वसम्मत गर्ने प्रयास भइरहेको छ ।

तर, पुरीले अध्यक्षमा थेबेलाई छोड्न मानेका छैनन् । उनी चुनावबाट भए पनि नेतृत्व चयन गर्नुपर्ने अडानमा छन् ।

महाधिवेशन अघि एमाले अध्यक्ष केपी ओलीले सर्वसम्मत रूपमा नेतृत्व चयन गर्न निर्देशन दिएका थिए । पार्टी संस्थापन पक्ष थेबेको पक्षमा उभिएका छन् ।

थेबेका नाममा पार्टी उभिएपछि अध्यक्षका दाबेदारहरू महाराजा गुरुङ, कृष्णहरि केसी र प्रकाश गौतम ब्याक भएका छन् । पूर्वराष्ट्रपति विद्या भण्डारीनिकटका नेताहरूले पुरीलाई साथ दिएका छन् । त्यसैले युवा संघको महाधिवेशनलाई रोचक रूपमा हेरिएको छ