अर्थमन्त्री डा खतिवडाका पाँच बुँदे प्रतिवद्धता (बुँदागत हेर्नुस्)


काठमाडौं– नवनियुक्त अर्थमन्त्री डा. युवराज खतिवडाले सोमबार पदभार ग्रहण गर्दै पाँच बुँदे प्रतिद्धता व्यक्त गरेका छन्।

अर्थमन्त्री खतिवडाले नागरिकको अर्थसम्बन्धि मौलिक हकलाई कार्यान्वयनमा लैजाने प्रतिवद्धता ब्यक्त गरे।

नवनियुक्त अर्थमन्त्री खतिवडाले संविधानले निर्देशन गरे अनुसारको अर्थतन्त्र निर्माणमा लाग्नुपर्ने आफ्नो दायित्व रहेको पनि स्पष्ट पारे। उनले वित्तिय अनुशासनहिनताको अन्त्य गर्ने घोषणा समेत गरे। अर्थमन्त्री खतिवडाले प्रधानमन्त्रीको निर्देशन अनुसार बामगठबन्धनले तयार पारेको चुनावी घोषणा पत्रलाई कार्यान्वयनमा लैजाने पनि बताए।

अर्थमन्त्रीका पाँच बुँदे प्रतिबद्धता

– संविधानले दिएको नागरिकको आर्थिक अधिकारको रक्षा गर्ने, राज्यका निर्देशक सिद्धान्तहरुमा अन्तर्निहीत आर्थिक अधिकारहरुको कार्यान्वयन गर्ने, वाम गठबन्धनले जनतासामु गरेका प्रतिबद्धताहरु पुरा गर्ने तथा राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतिबद्धताहरु पुरा गर्ने।

– लोक कल्याणकारी राज्यबाट समाजवाद उन्मुख अर्थ व्यवस्थातर्फ अघि बढ्ने। यसका लागि निजी, सहकारी तथा सामुदायिक क्षेत्रसंग सहकार्य गर्ने र त्यो सहकार्य परिपुरकको रुपमा रहने।

– सरकारी वित्ता व्यवस्थापनमा अनुशासनहीनताको अन्त्य गर्ने। सरकारी बित्ता प्रणालीलाई पारदर्शिता बनाउने र खर्चको प्रभावकारिता अपनाउने। वित्ता प्रणालीको साधनस्रोतलाई उत्पादनसंग जोड्ने।

– उच्च आर्थिक बृद्ध र समृद्धिको इञ्जिनको रुपमा निजी क्षेत्रलाई लिने। निजी क्षेत्रस‌ंगको सहकार्यलाई अघि बढाउने। यसका लागि निर्णय प्रकृयालाई छिटोछरितो बनाइने।

– मुलुकको विकास र समृद्धिका लागि बाह्य सहयोगको आवश्य पर्ने हुँदा अन्तर्राष्ट्रिय सहयोगलाई राष्ट्रिय प्राथमिकताको आधारमा सहयोग गर्ने।

प्रतिक्रिया दिनुहोस
Advertisement