युवराज अधिकारीलाई हटाउन प्रधानमन्त्री देउवा र माधव नेपालबीच सहमति


काठमाण्डु–नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गर्ने तयारी भएको छ । अधिकारीलाई बर्खास्त गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले प्रस्ताव तयार पारिसकेका छन् ।

अधिकारीलाई यसअघि जेठ २६ मा बसेको बैठकले तीन दिनभित्र प्रष्टिकरण सोध्ने निर्णय गरेको थियो । उनले दिएको प्रष्टिकरण चित्त बुझ्दो नभएको भन्दै वायुसेवा निगम ऐन, २०१९ को दफा २० अनुसार उनलाई कार्यकारी अध्यक्षबाट हटाउने तयारी भएको हो ।

पर्यटनमन्त्री आलेकै जोडबलमा कात्तिक ८ गते मन्त्रिपरिषदको बैठकले उनलाई कार्यकारी अध्यक्ष नियुक्त गरिएको थियो । आलेले उनलाई गालिगलौज गर्नुका साथै हातपात समेत गरेका थिए । उनिमाथि १२ वटा आरोप लगाएर हटाउन लागिएको हो ।

आलेको व्यक्तिगत स्वार्थ अधिकारीबाट पुरा नभएपछी दुबैबीच विवाद भएको मन्त्रालय स्रोत बताउंछ । अधिकारी यसअघि समेत पटक पटक विवादमा आएका थिए । उनको नियुक्तिको बेला विवाद भएपछी आलेले अधिकारीको बचाउ समेत गरेका थिए । पछिल्लो समय उनिहरुबीच आर्थिक लेनदेनमा कुरा नमिलेको बताइन्छ ।

अधिकारीलाई हटाउन आलेले यसअघि नै प्रयास गरेपनि उनको पार्टी एकिकृत समाजवादीभित्र उनलाई हटाउने विषयमा मत बांझिएको थियो । एकिकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले उनलाई हटाउन नहुने धारणा राखेका थिए ।

समाजवादी स्रोतले दिएको जानकारीअनुसार अधिकारीलाई हटाउने विषयमा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र प्रधानमन्त्री शेरबहादुर देउवाबीच सहमति भइसकेको छ । सोमबार बस्ने मन्त्रिपरिषदको बैठकले उनलाई बर्खास्त गर्ने तयारी भएको छ । अधिकारीले आफुलाई हटाइए सर्वोच्च अदालत जाने निकटस्थहरुसंग बताउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement