काठमाण्डौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले तीन जनाको देश बनाउने टोली घोषणा गरेको भन्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई व्यंग्य गरेका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा दुलालले बालेनले आइतबार साँझ र राति सामाजिक सञ्जालमा गरेका दुई पोष्टबारे व्यंग्य गरेका हुन् ।
प्रधानमन्त्रीले बिदा मनाइसकेकाले फुर्सदा भएको होला भन्दै भीरबाट आएर टेक्पो गुल्ट्याइएको घरका छानामा ढुंगा हानेको र उद्योगहरु बन्द हुन लागेको विषयमा सदनबाट जवाफ दिए जनताले राहत महसुस गर्ने टिप्पणी गरे ।
‘सम्माननीय प्रधानमन्त्रीले देश बनाउने तीन जनजाको जम्बो टोली पनि घोषणा गरिसक्नुभएको छ । अब पक्कै पनि प्रधानमनत्रीज्यूलाई केही फुर्सद पनि भयो होला’, दुलालले भने, ‘सदनमा आएर जनताका जल्दाबल्दा टेम्पु गुल्टाएका, कारणहरु, घरका छानममा ढुंगा हानेका कारणहरु, हाम्रा उद्योगहरु बन्द हुन लागेका कारणहरुको जवाफ दिए यो दनमा जनताले राहतको अनुभूति गर्थे भन्ने हामीलाई लागेको छ ।’
प्रधानमन्त्री शाहले आइतबार साँझ आफूसहित गृहमन्त्री सुधन गुरुङ र भौतिक पूर्वाधारमन्त्री सुनिल लम्लासको तस्बिर पोष्ट गर्दै देश बनाउने टोली लेखेका थिए । त्यसबारे सञ्जालमा टिकाटिप्पणी भएपछि उनले साताभर काम गरेपछि बिदामा आफूले ठट्टा गर्ने गरेको जवाफ दिएका थिए ।
दुलालले भारतले नेपाली चिया निर्यातमा रोक लगाएका कारण चियो उद्योग बन्द हुने अवस्थामा पुगेकामा पनि सरकारको ध्यानाकर्षण गराए ।
दुलालले ‘नेपालले पनि भारतको जमिन मिचेको’ प्रधानमन्त्रीको अभिव्यक्ति सच्याइनुपर्ने र उक्त अभिव्यक्ति संसदको अभिलेखबाट हटाइनुपर्ने आफूहरुको माग कायमै रहेको बताए । उनले त्यसबारे रुलिङ गर्न सभामुख डोलप्रसाद अर्यालसँग माग गरे ।




प्रतिक्रिया