काठमाण्डु– भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सिन्धुपाल्चोकका २ सय ४४ जना हराइरहेका छन् ।
सवारी चालक, कर्मचारी, मजदुर, व्यवसायी र घुम्न गएकाहरु गरी २ सय ४४ जना हराइरहेको सिन्धुपाल्चोक–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य युवराज दुलालले बताए ।
उनका अनुसार बुधबार बिहान बाढी गएपछि उनीहरु कोही पनि सम्पर्कमा आएका छैनन् ।
यसैबीच दुलाल र पूर्वप्रतिनिधिसभा सदस्य एवं नेकपा युवा नेता माधव सापकोटा हराइरहेकाहरुको अवस्था बुझ्न प्रभावित क्षेत्रतर्फ गएका छन् ।
आफूहरु नुवाकोट हुँदै वैकल्पिक मार्ग प्रयोग गरेर रसुवासम्म पुग्ने योजनासहित हिंडेको दुलालले बताए ।
‘हाम्रो जिल्लाका २ सय ४४ बाढीपछि सम्पर्कबाहिर छन्’, उनले भने, ‘गाडी जाने ठाउँसम्म गाडीमा र त्यसपछि हिंडेरै प्रभावित क्षेत्रमा पुग्छौं ।’
स्थानीय दुलालले सुरक्षा संयन्त्र र पार्टी कमिटीसँगको समन्वयमा हराइरहेकाहरुको खोजबिन गर्ने जानकारी दिए ।




प्रतिक्रिया