काठमाण्डू, ३१ वैशाख– एमालेका प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्री बालेन शाह (बालेन) ले लोकतन्त्र चाहेको कि बालेनतन्त्र भन्ने प्रश्न गरेका छन् ।
प्रतिनिधिसभा बैठकमा बिहीबार सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव प्रस्तुत गर्दै महरले संविधानमा व्यवस्था गरेअनुसारको शासन प्रणाली अबलम्बन नगरी अरु नै तन्त्रको विकास गर्न खोजेको आरोप लगाए ।
‘अहिलेको सरकारले कुन शासन प्रणाली अवलम्बन गरिरहेको छ रु संविधानमा भएबमोजिमको शासन प्रणाली अवलम्बन गरिरहेको हो कि अरू कुनै तन्त्र विकास गरिरहेको हो’, महरले भने, ‘प्रधानमन्त्री बालेन शाहले लोकतन्त्रलाई भन्दा पनि कतै बालेनतन्त्र पो विकास गर्न खोज्नुभएको हो कि भन्ने आमप्रश्न र जिज्ञासा बनिरहेको छ ।’
प्रधानमन्त्री शाहले पटकपटक संसदलाई उपेक्षा गरेको अराोप लगाए । शाहले संसदको हुर्मत लिएको भन्दै उनले त्यसमा आफूहरुको चासो र चिन्ता रहेको उल्लेख गरे ।
सरकारको नीति तथा कार्यक्रममा केही अंग्रेजी शब्द थपिनुबाहेक जनअपेक्षा सम्बोधन गर्न नसकेको बताए ।




प्रतिक्रिया