यस्तो रहनेछ आज देशभरको मौसम

काठमाण्डु - हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मौसम मुख्यतया सफा रहेको छ । शुक्रबार सबै प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ । राति देशभर मौसम मुख्यतया सफा रहने छ । देशभर वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ ।