काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको भेरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीसहित ७ जनामाथि गैरकानूनी लाभ र राज्यलाई हानि पुर्याएको आरोपमा विशेष अदालत काठमाण्डुमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार भेरी नगरपालिकाको कारागार–रानागाउँ–नेटीबजार सडक निर्माण कार्यमा मिलेमतो गरी सबैभन्दा बढी कबोल गर्ने थापा/सविन/सुदर्शन जेभीलाई ठेक्का दिने क्रममा भ्रष्टाचार भएको पाइएको…