अन्तरिम सरकारका मन्त्रीहरूको शपथ ११ बजे हुँदै

काठमाण्डु - अन्तरिम सरकारका मन्त्रिपरिषदका सदस्यहरूको शपथ सोमबार हुँदैछ । आज बिहान ११ बजे नवनियुक्त तीन जना मन्त्रीहरूको शपथ हुन लागेको राष्ट्रपति कार्यालयले जनाएको छ । शपथ ग्रहण समारोह शितल निवास परिसरमा टेन्टमुनि हुनेछ । शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त सुशीला कार्कीले आइतबार तीन जना मन्त्री नियुक्त गरेकी थिइन् । अर्थ मन्त्रीमा रामेश्वर खनाल, गृहमन्त्रीमा…