काठमाण्डु – पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता देशका नेताहरूले राष्ट्रप्रति गरेको भयानक घात भएको बताएका छन् । सोमबार काठमाण्डुमा आयोजित काष्ठमण्डप संवाद समापन समारोहमा उनले हरेक दस्तावेजमा ‘अमेरिकी सुरक्षा स्वार्थलाई ध्यानमा राखी’ भन्ने वाक्य लेखिएको भन्दै अत्यन्तै आत्मघाती र देशका नेताहरूले राष्ट्रप्रति गरेको भयानक राष्ट्रघात भएको…