काठमाण्डु- माओवादी केन्द्रले राष्ट्रपतिको निर्वाचनमा कसलाई समर्थन गर्नेबारे आधिकारिक निर्णय गर्ने भएको छ । माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएर राष्ट्रपति निर्वाचनबारे निर्णय लिने तयारी गरेको हो । केही दिनमा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्ने जनाइएको छ । नेकपा माओवादी केन्द्रका नेताहरुले नेपाली कांग्रेसलाई राष्ट्रपतिको निर्वाचनमा सघाउने बताउँदै आएपनि पार्टीले हालसम्म आधिकारीक निर्णय भने गरेको छैन…