सुदूरपश्चिम सभामुखका लागि आज तेस्रो पटक चुनाव हुँदै

धनगढी - सुदूरपश्चिम प्रदेशमा सभामुख चयनका लागि आज मंगलबार तेस्रो पटक चुनाव हुँदैछ। यसअघि २८ पुस र ३० पुसमा भएको निर्वाचनबाट कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि सभामुख चयन हुन सकेको थिएन। गठबन्धनबाट माओवादी केन्द्रका भीम भण्डारी र नेपाली कांग्रेसका मानबहादुर रावल उम्मेदवार छन्। २८ पुसमा भएको निर्वाचनमा नागरिक उन्मुक्ति र एमालेका एक-एक सांसद अनुपस्थित…