हवाई भाडा अनुगमन गर्न मन्त्रालयले बनायो कार्यदल

काठमाण्डु – उड्डयन सेवा प्रदायक कम्पनीहरूको हवाई भाडा अनुगमन गर्न कार्यदल गठन गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मन्त्रालयको पर्यटन महाशाखाको नेतृत्वमा क्यान, पर्यटन मन्त्रालय, नेपाल प्रहरी लगायतको सहभागिता रहने गरी कार्यदल गठन गरेका मन्त्रालयका प्रवक्ता रामकृष्ण लामिछानेले जानकारी दिए । बुधबार मन्त्री पाण्डेले एयरलाइन्स कम्पनीहरूलाई आफूले लिएको भाडादर बुझाउन बिहीबार…