अनुशासन समितिको निर्णयले कांग्रेसभित्र उथलपुथल ! एक्कासि छानीछानी कारवाही किन ?

काठमाण्डु – नेपाली कांग्रेसको नियमावली, २०७६ को नियम २८. (१) मा अनुशासन समितिले विधान र नियमावलीको अधीनमा रही उजुरी दर्ता भएको ६ महिनाभित्र उजुरीउपर छानबिन गरी निर्णय गर्ने व्यवस्था गरिएको छ । तर २०७९ सालको स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा भएको असहयोगमा संलग्न नेता–कार्यकर्तामाथि केन्द्रीय अनुशासन समितिले २०८२ असारमा कारवाही गर्‍यो । समितिले निष्कासन र…