मंसिर ५ देखि सहकारी पीडितको आन्दोलन, रास्वपाले जनायाे ऐक्यबद्धता

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारी पीडितहरुले मंसिर ५ गतेदेखि गर्ने आन्दोलनमा ऐक्यबद्धता जनाएको छ । ‘सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान’ सहित सहकारी पीडितहरुले बचत रकम फिर्ताको माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गर्ने तयारी गरिरहेको बेला रास्वपाले ऐक्यबद्धता जनाएको हो । कार्यवाहक महामन्त्री मनिष झाले विज्ञप्ति निकालेर सहकारी पीडितको आन्दोलनमा ऐक्यबद्धता जनाएकको जानकारी दिएका हुन्…