काठमाण्डु – प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दूहरूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारका अवसरमा देशभर तिहारको झिलिमिली छाएको छ । सयपत्री र मखमली फूल, बत्तीको झिलिमिली तथा सप्तरंगी पर्वका रूपमा मानिने तिहारमा नागरिकका घर, निजी तथा सरकारी कार्यालय सरसफाइ गरी झिलिमिली बत्तीले सजिएका देखिन्छन् । विशेषगरी काठमाण्डु उपत्यकासहित प्रमुख शहरका व्यापारिक कम्प्लेक्स…