काठमाण्डु - कम्बोडियासँगको सीमामा एक हप्तासम्म चलेको झडपपछि थाइल्याण्डका प्रधानमन्त्रीले संसद भंग गरेका छन् । यसका साथै, ४५ देखि ६० दिन भित्र देशमा आम चुनाव हुनेछ। शुक्रबार जारी गरिएको एक आदेशमा प्रधानमन्त्री अनुतिन चार्नविराकुलले उनको अल्पमतको सरकारले तीन महिना अघि सत्तामा आएदेखि सीमामा घातक झडपहरू सहित धेरै चुनौतीहरूको सामना गर्नु परेको उल्लेख गरेका छन् ।…