चितवन पुगे रवि लामिछाने, चुनावी प्रचारका लागि बाहिर ननिस्किने

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चितवन पुगेका छन् । बिहीबार दिउँसो बुद्ध एयरको विमानमार्फत उनी भरतपुर पुगेका हुन् । उनी यसपटक पनि चितवन क्षेत्र नम्बर–२ बाट उम्मेदवार छन् । माघ ५ गते जनकपुरको कार्यक्रममा सहभागी भएका उनको खुट्टामा चोट लागेर संक्रमण भएपछि काठमाण्डुमै आराम गरिरहेका उनी फागुन २१ को निर्वाचनको तयारीका लागि…