काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाण्डु केन्द्रित शिक्षक आन्दोलनलाई निरन्तरता दिन अपिल गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीको ७७औं स्थापना दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकलाई अपमानित गरेको आरोप लगाए । उनले पटक–पटक वार्ता गरेर पनि माग पूरा नभएकाले धैर्यतापूर्वक…