गगन थापा भन्छन्-म धार्मिक स्वतन्त्रताको पक्षमा थिएँ

काठमाण्डु- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधानमा धर्मनिरपेक्षता लेख्नु हुँदैन भन्ने पक्षमा आफू रहेको खुलासा गरेका छन् । काठमाण्डुमा नेपाली कांग्रेसको दोस्रो प्रदेश सम्मेलनमा बोल्दै महामन्त्री थापाले संविधान लेख्दै गर्दा आफ्नो मत धर्मनिरपेक्षताको पक्षमा नभई धार्मिक स्वतन्त्रताको पक्षमा रहेको बताएका हुन् । ‘संविधान लेख्दै गर्दा धर्मनिरपेक्षता लेख्नु हुँदैन, संविधानमा धार्मिक स्वतन्त्रता लेख्नुपर्छ भन्ने मेरो मत…