काठमाण्डु - नेकपा (एमाले)को ११औँ महाधिवेशनको उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपाका संयोजक पुष्पकमल दाहाल सहभागी नहुने भएका छन् । एमालेले उद्घाटन समारोहमा विभिन्न १६ पार्टीका नेताहरूलाई आमन्त्रण गरेको छ । कांग्रेस सभापति देउवा र नेकपाका संयोजक प्रचण्डलाई आमन्त्रण आएपनि उनीहरू नजाने भएका हुन् । संयोजक प्रचण्डले शुक्रबार नै कार्यक्रममा सहभागी हुन…