सुनिता डंगोलसहित कर्मचारीहरुले प्रशासकीय अधिृकत गुरागाईंलाई कार्यालयमा हाजिर गराएरै छाडे

काठमाण्डु– काठमाण्डु महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईं कार्यालयमा हाजिर हुन पुगेका छन् । गुरागाईं हाजिर हुन आउने भनिएपछि महानगरपालिका परिसरमा प्रहरी तैनाथ गरिएको थियो । प्रक्रिया पूरा नगरी नक्सा पार गरेको भन्दै महानगरले गुरागाईंलाई जिम्मेवारीबाट हटाएको थियो । उनी आज कार्यालय आउने तयारी गरेपछि महानगर प्रहरी तैनाथ गरेर उनलाई गेटमै रोक्न खोजेको हो ।…