काठमाण्डु – सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली जनताले सामन्तवाद र राजतन्त्र ‘बुलेट’बाट नभई ‘ब्यालेट’बाट पराजित गरिएको बताएका छन् । यदु स्मृति प्रतिष्ठानले बुधबार काठमाण्डुमा आयोजना गरेको २६औं यदु स्मृति दिवसको कार्यक्रममा बोल्दै उनले नेकपा माओवादीले भन्दै आएको जनयुद्ध हिंसात्मक भएकाले गलत भएको बताए । सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले माओवादीले…