काठमाण्डु – सत्तारुढ गठबन्धनका सांसदहरूले राष्ट्रिय सभामा संघीयता कार्यान्वयनसँग सम्बन्धित १५ बुँदे संकल्प प्रस्ताव दर्ता गरेका छन् । संविधान बनेर कार्यान्वयनमा आएको ६ वर्ष हुँदा समेत संघीयता कार्यान्वयनमा सन्तोषजनक काम हुन नसकेको भन्दै गठबन्धनबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित डा खिमलाल देवकोटाको प्रस्तावक रहेर १५ बुँदे संकल्प प्रस्ताव बुधबार दर्ता गरिएको हो । सत्ता गठबन्धनमा आवद्ध…