काठमाण्डु-स्वतन्त्र सांसद अमरेशकुमार सिंहले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई हिटलर बन्न खोजेको आरोप लगाएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले मेयर बालेनले पपुलिज्मको आडमा न्यायलाई नै निषेध गर्न खोजेको आरोप लगाए । काठमाडौँमा आन्दोलनरत कवाडी व्यवसायीमाथि दमन भएको भन्दै सांसद सिंहले भने, ‘मधेसका कवाडी व्यवसायीहरू आन्दोलनरत छन् । जबकि कानुनी रूपले पनि…