काठमाण्डु – नेपाली कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले नियमित महाधिवेशनमै समझदारी गर्नुपर्नेमा जोड दिएका छन् । विशेष महाधिवेशनका लागि भन्दै हस्ताक्षर बुझाइएको सन्दर्भमा उनले नियमित महाधिवेशनमै जोड दिएका हुन् । पार्टी कार्यालयमा जारी केन्द्रीय समितिको बैठकमा कार्यबाहक सभापति खड्काले मंसिरमा नियमित महाधिवेशनमा जोड दिए । उनले विशेष महाधिवेशनका लागि विधानमा व्यवस्था भएअनुसार हस्ताक्षर आएको बताउँदै…