माघ ४ मा घण्टिघर प्रवेश गरेर जनकपुर र झापा जाँदै मेयर बालेन

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह माघ ४ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्ने तयारीमा छन्। मेयर शाह निकट स्रोतका अनुसार उनले माघ ४ गते नै मेयर पदबाट राजीनामा दिएर घण्टिघरमा आयोजना हुने कार्यक्रममा औपचारिक रूपमा पार्टी प्रवेश गर्ने कार्यक्रम तय भएको छ। रास्वपाले मेयर शाहलाई पार्टीको वरिष्ठ नेता बनाउने सहमति गरिसकेको छ।…