मापदण्ड विपरीत चलिरहेका अस्पताललाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियम विपरीत स्वास्थ्य सेवा सञ्चालन गरिरहेका सेवाप्रदायक संस्थालाई कानूनअनुसार कारबाही गर्ने चेतावनी दिएको छ । मन्त्रालयका उपसचिव एकदेव खनालले जारी गरेको परिपत्रमा मापदण्ड बमोजिम नभएको, अनुमति नलिई सञ्चालन भएका तथा बढी शुल्क लिएको गुनासोका आधारमा कारबाही गर्ने उल्लेख छ । मन्त्रालयले जारी गरेको परिपत्रमा भनिएको छ, ‘जनस्वास्थ्य सेवा नियमावलीमा…