एनसेलको कार्यालय अगाडि स्वतन्त्र युवा समूहको विरोध प्रदर्शन

काठमाण्डु – शेयर बिक्री प्रकरणमा विवादमा परेको एनसेलको कार्यालय अगाडि स्वतन्त्र युवा समूहले विरोध प्रदर्शन गरेको छ । एनसेलको शेयर खरिद–बिक्रीमा चलखेल भएको भन्दै युवाहरूले लैनचौरस्थित कार्यालय अगाडि प्रदर्शन गरेका छन् । युवा समूहले ‘छानबिनको नाममा नाटक मञ्चन बन्द गर’, ‘राज्यको कर छल्न पाइँदैन’, ‘भ्रष्टाचारीलाई चोख्याउने छानबिन समिति मान्दैनौं’ लगायत नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेको…